रोटरी क्लव अफ काभ्रे बनेपाले लोपोन्मुख ११० थामी परिवारलाई खाद्यान्न वितरण एवं ९० जना विद्यार्थीलाई टिफिन बक्स वितरण गरेको छ । शनिबार दोलखाको भिमेश्वर नगरपालिका-९ थामीखर्क भण्डारेमा रोटरी क्लवको आयोजना एवं वासिङ्गटन हेल्थ नेपाल फाउन्डेसन यु.एस.ए.को समन्वयमा सामग्री हस्तान्तरण गरिएको रोटरी क्लव अफ काभ्रे बनेपाका प्रेसिडेन्ट सुर्यप्रभा शाक्यले जानकारी दिनुभयो । कोरोनाका कारण थप पिडामा परेका पिछडिएका एवं लोपोन्मुख थामी जातिका परिवारलाई लक्षित गरी १२ प्रकारका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको शाक्यले बताउनुभयो ।
