एतिहासिक एवं पुरातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र सथापना गरिएको छ । पनौति पर्यटक विकास केन्द्रको १५ औं स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो बगमती प्रदेश सरकारका खानेपानी उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले एक समारोहका बिच विहिबार उक्त केन्द्रको कार्यलय उद्घाटन गर्नुभयो । उहाँले पनौतिलाई धामर््िाक रुपमा चिनाउन, पर्यटकको आगमनलाई वृद्धि गराउन, धार्मिक पर्यटकको बसाई लम्ब्याउन, आवश्यक रहेको बताउँदै पनौतिलाई विश्व सम्पदामा सूचिकृत गर्ने प्रक्रियामा सहयोग गर्ने बताउनुभयो । सूचना केन्द्र मार्फत पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकिय स्थिलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौति आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षा समेत प्रदान गर्ने उदेश्यले केन्द्र स्थिापना गरिएको हो । यस्तै केन्द्रमा पनौतीको पर्यटकीय सूचनालाई व्यवस्थित गर्ने बताइएको छ । पनौती नगरप्रमुख रामशरण भण्डारीले पनौति क्षेत्रका पर्यटकीय स्थलको विकास, संरक्षण र सम्बद्र्धनका लागि निरन्तर कार्य भइरहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष्य सुरकृष्ण वैद्यले पनौतिको विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पनौती पर्यटन विकास केन्द्रद्धारा यस अघि १ सय ८ प्रकारका कार्यक्रम गरेको उल्लेख गर्दै संस्थापक अध्यक्ष स्रेश सैंजुले पनौतिलाई अन्तराष्ट्रिय स्तरमा परिचित गरि स्थापित केन्द्रमार्फत थप सहयोग पुग्ने बताइएको छ । पर्यटन विकास केन्द्रलाई पनौती नगरपालिकाले बर्षेनी आर्थिक सहयोग गर्दै आएको छ ।
