लम्पी स्कीन रोगबाट पशुहरु संक्रमित भइ मृत्यु हँुदा पशुपालक कृषकहरुले ठुलो क्षति बेहोर्नु परेको छ । देशभरी नै लम्पी स्कीन रोगले हजारौं पशुहरुको मृत्यु हँुदा समेत क्षतिर्पूति नदिनुले पशुपालक कृषकहरु निकै चिन्तित भएका छन् । लम्पी स्कीन पशुहरुको उपचार र मृत्यु भएकाहरुको औषधी उपाचार र उचित अखिल किसान महासंघ धुलिखेल नगरपालिकाले धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुलाई ज्ञापन पत्र बुझाएको छ । नगरकमीटी अध्यक्ष राधेश्याम श्रेष्ठद्धारा पे्रसित गरेको विज्ञप्तिमा उल्लेख छ । लम्पी स्कीन संक्रमित पशुहरुको उपचार र मृत्यु भएकाहरु लाई तीन तहका सरकारले उचित क्षतिर्पूति प्रदान गर्न जोडदार माग गरेको छ ।
