IMG-LOGO

बौद्ध परियति शिक्षा ग्रहण गर्ने सबैलाई प्रमाणपत्र

 मंगल, सावन १६, २०८०  ---

     गौतमबुद्धले प्राप्त गरेको ज्ञानलाई फैल्याउन नैतिक आचरण, संस्कार संस्कृति, अनुशासनमा रहि बौद्ध परियति शक्षिा ग्रहण गरी जीवनलाई सत्मार्गमा डो¥याउने रुपमा लिइन्छ । बोधिचर्य परियति केन्द्र बनेपा बिहारले बौद्ध परियति शिक्षा ग्रहण गर्नेहरुलाई शनिबार एक कार्यक्रम बिच प्रमाणपत्र वितरण गरेको छ । संरक्षक एवं ८ औं मुख्य नायक बोधिसेन महास्थिबिर भन्तेको आतित्थ्यतामा सम्पन्न कार्यक्रममा बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य , ७ नं वडा अध्यक्ष हिटलर शाक्य, सामुदायिक रेडियो प्रसारक संघ काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने अतिथि हुनुहुन्थ्यो । २०७५ देखि २०८० सालसम्म बौद्ध परियति शिक्षा ग्रहण गरेका ४१ जना बालबालिबाहरुलाई प्रमाण पत्र प्रदान गरिएको कुरा  वडा नं ७ वडा सदस्य सोनी बज्राचार्यले बताउनुभयो । बौद्ध परियति शिक्षा ग्रहण गर्नेहरुलाई प्रदान गरिएको कार्यक्रम १२ औं कार्यक्रम हो । बनेपा बिहारका अध्यक्ष तेजप्रसाद मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव कृष्ण प्रसाद मानन्धरले हालसम्मको प्रगतिको बारेका बोल्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्