IMG-LOGO

बिन्धवासिनी सकोसले ६० हजार सेवाग्राहीलाई सेवा दियो सम्पत्ती ४ अर्ब ५७ करोड

 मंगल, सावन १६, २०८०  ---

     काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौ जिल्ला र सूर्यविनायक नगरपालिकालाई कार्यक्षेत्र बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका ऋग् भ्हभअगतष्खभ ब्धबचम द्दण्द्दज्ञ र ऋग्ःक्ष् ब्धबचम प्राप्त गर्न सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले  ०७९।०८० को वार्षिक समिक्षा गोष्ठी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

     कार्यक्रममा संस्थाको आ.ब ०७९।८० को वार्षिक लक्ष्य तथा कार्य प्रगति लगायत कार्य संचालन र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको छलफल गरी आगामी चालु आ.बको लक्ष्य प्राप्तीका लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विभागीय प्रमुखहरुले विभागीय कार्यप्रगति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।

     संस्थाको आ.ब ०७९।८० सम्म आईपुग्दा संस्थामा शेयर सदस्य संख्या ५० हजार पाँच सय ८७, शैक्षिक बाल बचत कर्ता १० हजार गरी कुल सेवाग्राही ६० हजार पाँच सय ८७ जना पुगी संस्थाको कुल सम्पत्ति ४ अर्व ५७ करोड २८ लाख पु¥याउन संस्था सफल भएको जानकारी प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङ्तानले जानकारी दिनुभयो ।

     होटल उग्रचण्डी बनेपामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, शिक्षा तथा तालिम उपसमिति, लघुवित्त उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं सदस्य लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन सञ्चालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो भने संचालक समितिका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत मन्तव्य दिनुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्