आन्तिरिक राजश्व कार्यालय धुलिखेल, काभे्रको आ.व. २०७९÷०८० मा ३ अर्ब ३१ करोड राजश्व संकलन भएको छ । आ.व २०७९÷०८० मा लक्ष्य भने ४ अर्ब ४० करोड गरेको भएपनि लक्ष्य लिइएको भन्दा १ अर्ब ११ करोड राजश्व कम संकलन भएको छ । कुल लक्ष्यमा ७५ प्रतिशत राजश्व संकलन भएको छ । गत आ.व. २०७८÷०७९ मा ४ अर्ब २६ करोड लक्ष्य लिएकोमा ३ अर्ब ६७ करोड राजश्व संकलन भएको थियो । गत आ.व. मा पनि लक्ष्य गरे अनुरुप प्रगति भएन प्रतिशतमा ८६ प्रतिशत राजश्व संकलन भएको थियो । प्रमुख कर अधिकृत डिल्लीराज लेखकलाई कार्यालयले लक्ष्य गरे अनुरुपको राजश्व किन संकलन हुन सकेन भन्ने जिज्ञासा राख्दा यस्तो प्रतिक्रिया दिनु भयो । “विश्व आर्थिक मन्दीको प्रभाव नेपालमा पनि प¥यो सरकारले ३ सय भन्दा बेसी बस्तु आयतमा रोक लगायो, ग्रामीण अर्थतन्त्र बलीयो हुन सकेन , व्यापार व्यवसायमा कारोबार घट्यो त्यसैगरी नागरिकहरुको खरिद गर्ने क्षमतामा ह्रास आउँदा राजश्व संकलनमा लक्ष्य अनुरुप काभे्र जिल्ला मात्र नभइ देशकै अर्थतन्त्रमा समस्या पैदा भएको छ । लक्ष्य गरे अनुसारको राजश्व संकलन हुन सकेको छैन । ” त्यसै गरी आयकर (क्ष्त्), म्ुाल्य अभिवृद्धि कर भ्याट (ख्ब्त्), अन्त शुल्क (भ्हअष्कभ म्गतथ) मा समेत राजश्व संकलनमा लक्ष्य लिए अनुरुप प्रगति भएको छैन । आ. व. २०७९÷०८० मा भ्याट (ख्ब्त्) १ अर्ब २६ करोड लक्ष्य लिएकोमा, १ अर्ब २१ करोड राजश्व संकलन भएको कुरा आन्तरिक राजस्व कार्यालय धुलिखेलका अधिकृत एवं सूचना अधिकारी ढुण्डीराज दाहालले बताउनुभयो । मुल्य अभिवृद्धिकर (ख्ब्त्) मा ९६ प्रतिशत राजश्व संकलन भएको छ । आ.व ०७९ ÷०८० मा व्यक्तिगत पान ६३ हजार ३ सय ३४, भ्याटमा दर्ता भएको करदाता संख्या ७ हजार १ सय ९४ गरी ५९ हजार ६ सय ७३ कुल करदाता संख्या रहेको छ । गत आ. व २०७८÷०७९ मा कुल करदाता संख्या ५३ हजार ९ सय २६ रहेको कुरा कर अधिकृत विश्वनाथ राईले बताउनुभयो । भ्याट (ख्ब्त्) मा दर्ता भएका ६ हजार ५ सय २९ र पर्सनल (व्यक्तिगत) पान लिने संख्या ५१ हजार २ सय ३६ रहेको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा कुल करदाता संख्यामा ५ हजार ६ सय ७३ संख्या वृद्धि भएको छ । भ्याटमा ६ सय ६५ संख्यामा वृद्धि भएका छन् भने त्यसैगरी पर्सनल पान लिने संख्या गत वर्षको तुलनामा १२ हजार ९८ ले वृद्धि भएको छ । उक्त राजश्व संकलनमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभे्र जिल्ला गरी संकलन भएको हो । चरीकोट र मन्थलीमा करको गरी २ सेवा कार्यालय रहेको छ ।
