IMG-LOGO

डेगीं रोग नियन्त्रण गर्न खोज र नष्ट गर्न अभियान शुरु

 मंगल, सावन १६, २०८०  ---

           डेगीं लामखुट्टेको टोकाइबाट फैलने रोगको नियन्त्रणमा सरकारले ल्याएको अभियान हरेक शुक्रबार साढे १० बजे १० मिनेट खोज र नष्ट गर्न काभे्रका सबै पालिकामा सञ्चालन भएको छ । जिल्लाका स्थानिय तह, स्वास्थ्य तह, स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय काभे्रले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय काभे्रको आयोजनामा भएको खोज र नष्ट गर अभियानको शुरुवात बनेपा नगरपालिका वडा न ं१३ साँगामा गरिएको थियो । कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय , स्वास्थ्य कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, नेपाल आर्मी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य उपप्रमुख विमला सापकोटा दाहाल, वडा नं १३ का वडा अध्यक्ष एवं नगरको सहभागिता रहेको थियो । कार्यक्रममा लामखुट्टेको बासस्थान रहने खाल्डाखुल्डी पुर्ने र टायरहरुको व्यवस्थापन गरिएको थियो । कार्यक्रममा जिसस प्रमुख दिपक कुमार गौतम , प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेल, स्वास्थ्य कार्यालयमा प्रमुख डा. पुरुषेतम सेढाई, सुरक्षा निकायका पधादिकारी एवं बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्