नेपाली काङ्ग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक सामाजिक संजालबाट लाइभ गरे लगत्तै माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ । नेकपा माओवादी केन्द्रले यही श्रावण १७ गते देखि बस्ने केन्द्रीय समितिको बैठकलाई पूर्णतया सामाजिक सञ्जाल मार्फत लाइभ गर्ने कुरा माओवादी केन्द्र का पार्टी सचिव देवेन्द्र पौडेलले बताएका छन् । यसले आम जनसमूदाय, पार्टी कार्यकर्ता र सूचना कर्मीहरुलाई पार्टीको बारेमा जानकारी प्राप्त गर्न सहज हुने बताएका छन् ।
