साउन ६, बनेपा÷ इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको १७ औं स्मृति दिवसमा शिक्षाविद् डा. कमल कृष्ण जोशीलाई उनले शिक्षामा पु¥याइएको विशेष योगदानका लागि एक कार्यक्रमका बीच प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन दुवालले सम्मान पत्र प्रदान गरी केदारनाथ प्रधान नौलो इतिहासका निर्माता हुनाका साथै विविध क्षेत्रमा प्रधानले पु¥याइएको योगदानको चर्चा गर्दै प्रधान एक जना बनेपाले गौरव गर्नुपर्ने ऐतिहासिक व्यक्तित्व रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष कमला कायस्थको सभापतित्वमा भएको उक्त वार्षिक सम्मान कार्यक्रममा शिक्षाविद् कमलकृष्ण जोशीले सम्मान पछि आफ्नो विचार राख्दै केदार प्रधान स्वाभिमान व्यक्तित्व हुन् जस्ले समाजका विविध क्षेत्रमा सेवा पु¥याएर आफूलाई अमर बनाएको देखिन्छ । प्रतिष्ठानको सम्वृद्धिका लागि सम्मानमा प्राप्त गरेको रु.१०,०००।– नगद पनि उनले प्रतिष्ठानलाई प्रदान गरे ।
काभ्रे बहुमुखी क्याम्पसको सभा कक्षमा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पस प्रमुख केजि बयदार, प्राध्यापक लेखनाथ गुरागाईं, शिक्षा सेवी गोविन्दलाल प्रधानाङ्ग, प्रतिष्ठानका सदस्य–सचिव रामशरण लुईंटेलले आ–आफ्नो मन्तव्य राखे ।
