IMG-LOGO

वी.पी. स्मृतीमा वृक्षारोपण

 मंगल, सावन ९, २०८०  ---

       बनेपा÷जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृती दिवसको अवसरमा नेपाली कांगे्रस काभे्रले बनेपा – ५ ओपीमा वृक्षारोपण गरेको छ । नेपाली कांगे्रस काभे्र, भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाको आयोजना, नेपाली कांगे्रस बनेपा नगर समितिको व्यवस्थापन, नेपाल तरुण दल बनेपा कार्यसमिति र नेपाल टे«ड युनियनको सहआयोजनामा वृक्षारोपण गरिएको हो । नेपाली कांगे्रसका पूर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमगाईको प्रमुख आतित्थ्यता, नेपाली कांगे्रस काभे्रका कार्यवहाक सभापति ठाकुरप्रसाद न्यौपानेको विशेष आतित्थ्यतामा भएको कार्यक्रमको सभापतित्व भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाका प्रमुख रहेका नेपाली कांगे्रस काभे्रका जिल्ला सदस्य राम जोशीले गरेका थिए । वृक्षारोपणमा नेपाली कांगे्रस काभे्रका पदाधिकारी एवं सदस्यहरु , क्ष्ोत्र नं २ (ख) का सभापति रमहरी श्रेष्ठ लगायत पदाधिकारी र सदस्य , विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधि र पार्टी शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । नेपाली कांगे्रसले वी.पी. स्मृतीमा वृक्षारोपण लगायत विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन समेत दिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्