IMG-LOGO

काभे्रमा सवारी साधन दुर्घटनाले जनधनको क्षति बढ्यो आ.व. २०७९÷०८० मा ५ करोड ४० लाख राजस्व संकलन

 मंगल, सावन ९, २०८०  – रमेश प्रसाद न्यौपाने÷हरिनाथ न्यौपाने

 

       सवारी साधनहरुको दुर्घटनाका कारणले दिन प्रतिदिन जनधनको ठूलो क्षति व्यहोर्नु परेको छ । काभ्रे जिल्लामा आ.व. २०७९÷०८० मा सबभन्दा वढी दुर्घटना मोटर साइकल १ सय १९, कार जिप भ्यान ३५, बस २५, टिपर १७ र ट्रक ट्रयाटर १७ दुर्घटनामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेले जनाएको छ ।

       काभे्र जिल्लामा आ.व २०७९÷०८० मा २२१ वटा सवारी दुर्घटना हँुदा ५० जनाको मृत्यु भएको छ भने ११७ जना शक्त घाइते भएका छन् । २०७८÷०७९ मा  सवारी दुर्घटना कारवाहीबाट ४ करोड ९६ लाख २२ हजार राजस्व संकलन भएको छ । गत आ.व २०७८÷०७९ मा २२४ वटा सवारी दुर्घटना हुँदा ४३ जनाको मृत्यु र ९२ जना शक्त घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय काभे्रका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाको अनुसार आ. व २०७९÷८० मा सवारी अनुसारकोे कारवाही राजस्व वापत ५ करोड ४० लाख ८२ हजार संकलन भएको जरीवाना वापत ४ करोड ९६ लाख २२ हजार संकलन भएको थियो । यसैगरी ट्राफिक प्रहरीले आ.व २०७९÷०८० मा ४६ पटक विद्यार्थीहरुलाई ट्राफिक सचेतीकरण कक्षा संचालन गरेको छ । जसमा ३ हजार ७ सय ९ जना विद्यार्थीहरु सहभागी रहेका थिए । ट्राफिक सचेतीकरण अन्तरगत चालकसँग ५ मिनेट कार्यक्रम, चालकलाई स्वास्थ्य परिक्षण, व्यवसायी र चालक परिचालकलाई कक्षा सञ्चालन, यान्त्रिक चेकजाँच, माक्स वितरण, चेतनामुलक माइकिङ्ग, चालक÷यात्रु मैत्री कक्षा, ओभरटेक सम्बन्धि सचेतना जस्ता कार्यक्रम मार्फत ६७ हजार ७ सय त्रिहत्तर जनालाई सचेतना गराइएको जिल्ला ट्राफिक प्रहरी काभे्रले जनाएको छ ।

       यसैबिच असार १ गतेदेखि मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकहरुलाई प्रत्येक शुक्रबार विहान ११ बजेदेखि १ घण्टासम्म सचेतिकरण कक्षा समेत सञ्चालन गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । यहि साउन १ गतेदेखि जरिवाना राजस्व वापतको रकम बैकिङ प्रणाली मार्फत सुरुवात गरिएको छ । जसको लागि राष्ट्रिय वाणिज्य बैंकमा कारोबार हुने ट्राफिक प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्