IMG-LOGO

आ.व. २०७९÷०८० मा व्यापार घाटा १४ खर्ब ५४ अर्ब

 मंगल, सावन ९, २०८०  ---

       गत आर्थिक वर्ष २०७९÷८० मा देशको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १५.४५ प्रतिशतले कमी हो ।

        गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कमी हो भने निर्यात २१.४४ प्रतिशतले कमी हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्