IMG-LOGO

जोखिम सञ्चार सम्बन्धि अभिमुखिकरण

 मंगल, सावन २, २०८०  ---

 

       बनेपा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार जोखिम सञ्चार सम्बन्धी सञ्चारकर्मी बीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । महामारी रोग, राष्ट्रिय विपदमा सञ्चारकर्मीले सञ्चार माध्यममा तथ्यको आधारमा सत्य समाचार उजगार गर्नुपर्ने सवालमा जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुलाई एकदिने अभिमुखिकरण तथा छलफल कार्यक्रम गरेको कुरा सञ्चारकर्मी बिच प्रस्तुत गर्दै पब्लीक हेल्थ अफिसर सम्भुकुमार महतोले बताउनु भयो । तथ्यको आधारमा सूचना सम्प्रेषण गर्दा मात्र महामारीको बखत रोगले संक्रमित व्यक्तिहरुले स्वास्थ्य लाथ लिन सक्ने तर्पm पब्लीक हेल्थ अफिसर सम्भुकुमार महतोले गर्नुभयो । कार्यक्रममा बनेपा नगर प्रमुख शान्ती रत्न शाक्य, उप–प्रमुख बिमला सापकोटा, ५ नं. वडा अध्यक्ष बलराम अधिकारी, प्रशासकीय अधिकृत धुर्वराज नेपाल लगायतको आतिथ्यमा रहेको थियो । तथ्यफरक जनकारीले डर, त्रास र भयको अन्त्य र सकारात्मक सन्देश पैmलने विषयमा छलफल भएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्