IMG-LOGO

क्रियटिभ सहकारीको निःशुल्क तालिम 

 मंगल, पौष ७, २०७७  ---

आर्थिक रुपमा विपन्न रहेका परिवार तथा इच्छुक महिला दिदि बहिनीहरुले सिलाई कटाई सीप सिकेर व्यवसाय गरी आय आर्जन वढाउने उदेश्यका साथ संचालित ३ महिने सीप मूलक तालिम शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न गरीएको छ । क्रियटिभ बचत तथा ऋण सहकारीको साझेदारीमा गुडविल कम्युनिटि फाउन्डेसन-अमेरीका र मेसि हार्वडको  समन्वयमा संचालित उक्त तालिम अन्तर्गत तालिम भएको थियो । उक्त तालिमको कार्यक्रममा क्रियटिभ बचत तथा सहकारीका अध्यक्ष कमला श्रेष्ठबाट सबै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गनुभयो । तालिममा १६ जनाले सहभागीता जनाएका थिए । कोरानो महामारीको कारणले गर्दा ५ जना प्रशिक्षार्थी महिला दिदि बहिनिहरुले मात्र तालिम लिएका थिए । महिलाहरुको आय आर्जन कार्यक्रममा सधैँ सहयोग गर्दै जाने प्रतिवद्धता यस संस्थाका अध्यक्ष कमला श्रेष्ठले ब्यक्त गर्नुभएको थियो । विगत ३ वर्ष देखि यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाले मेसि हार्वड र गुडविल कम्युनिटि फाउन्डेसन- अमेरीकाको समन्वयमा तीन महिने निःशुल्क आधारभूत सिलाई कटाई तालिम, निरन्तर रुपमा गर्दै आइरहेको छ । आज सम्म जम्मा ८१ जना प्रशिक्षार्थी महिला दिदी बहिनिहरुले यस क्रियटिभ सिलाई तालिम केन्द्रबाट प्रमाणपत्र लिई सक्नु भएको जनाएको छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्