अनेरास्ववियु काभ्रेले माध्यामिक शिक्षा परीक्षा २०७९ को एसईई परीक्षामा सहभागि भै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउन विद्यार्थीलाई सम्मान गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जानकारी दिनुभयो । जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १ जना छात्रा र १ जना छात्रलाई सम्मानपत्र सम्मान गरिएको अध्यक्ष गौतमले बताउनुभयो । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यामा भएको सम्मान कार्यक्रममा एसईई परीक्षामा सहभागी विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
