रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, थाक्लेमा ‘एक घर एक धारा‘ कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘एक घर एक धारा‘ कार्यक्रम उद्घाटन गर्नुभएको हो । ‘एक घर एक धारा‘ कार्यक्रम अन्तर्गत वडा नं. ९ मा रहेको महाकाली देवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त खानेपानी आयोजना ४५ लाख लागतमा सम्पन्न भएको समितिले जनाएको छ । सो आयोजनाबाट ६९ घरधुरी लाभान्वित भएका छन् ।
