काभ्रेपलान्चोक सेवा समाज कतार द्वारा दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको समन्वयमा भुम्लु गाउँपालिकामा एम्बुलेन्स खरिदको ११,००,००० एघार लाख रुपैया रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेपलान्चोक सेवा समाज कतारका पुर्व अध्यक्ष नारायण बिष्ट, दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको अध्यक्ष अष्टकुमार श्रेष्ठ, काभ्रेपलान्चोक सेवा समाज कतारका सल्लाहकार गौरव राज अधिकारी, सचीव रमेश सापकोटा, कोषाध्यक्ष हरि पठरित, सह– कोषाध्यक्ष दिप सागर श्रेष्ठ, वर्तमान कोषाध्यक्ष नेत्र कुमार वाइवा लगायतले भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल लाई रकम हस्तान्तरण गरेका हुन् ।
