नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ४१ औं साधारण सभा तथा अधिवेशनले प्रकाश कायष्ठलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । कोषाध्यक्ष पुनम जोशी, महिला सदस्य रजनी बैद्य, अनु श्रेष्ठ, बिशेषज्ञ सदस्यहरु विकास वैद्य, नारायण देवी श्रेष्ठ र रुपा प्रधान कर्माचार्य सहित ७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शनिवार सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथि बनेपा नगरपालिकाको उप–प्रमुख बिमला सापकोटा दाहाल हुनु हुन्थ्यो । सदस्य पुनम जोशीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य शुरकृष्ण वैद्य, नेपाल परिवार नियोजन संघ केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, नेपाल परीवार नियोजन संघ काभ्रे शाखाका पूर्व सभापति देवेन्द्र प्रसाद भैल लगाएतको आतिथ्यता रहेको थियो । नेपाल परिवार नियोजन काभ्रे जिल्ला शाखा सचिव बद्री बहादुर खत्रीले प्रगति प्रतिवेदन तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष प्रकाश कायष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । निर्वाचन उप–समितिका अधिकृत ओमकाजी प्रजापतिले कार्यसमिति निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।
