IMG-LOGO

धुलिखेलबाट शुरुभयो प्याराग्लाइडिङ

 मंगल, सावन २, २०८०  ---

              धुलिखेल देवीस्थानबाट प्याराग्लाइडिङको मज्जा लिन सकिने भएको छ । शहाशिक खेलका रुपमा रहे को प्याराग्लाइडिङलाई देवीस्थान डाँडाँबाट बडाल गाउँ सम्म उडान भर्न सकिने गरि व्यवसायिक रुपमा शनिवारबाट शुभारम्भ गरिएको हो । व्यवसायीक रुपमा सुरु भएको प्याराग्लाइडिङको शुभारम्भ पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले गर्नु भएको थियो। विश्वबजार प्याराग्लाइडिङ प्रालीले धुलिखेलमा पहिलो पटक अनुमति पाएर व्यवसायिक रुपमा सञ्चालन शुूरु गरेपछि यस क्षेत्रको व्यवसाय प्रर्वद्ध हुने बिस्वास पनि गरिएको छ । अब धुलिखेल पुग्ने पर्यटकले ७ हजार खर्च गरेपछि प्याराग्लाइडिङमा रमाउन सक्ने छन् । डेढ किलोमिटर यात्रा प्याराग्लाइडिङको रहने छ भने ४६ सय फिट सम्मको उचाईमा उडान गर्न सकिने छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्