IMG-LOGO

सक्षम साकोसले जेष्ठ नागरिक जन्मोत्सव मनायो

 मंगल, असार २६, २०८०  ---

 

    बनेपा सक्षम बचत तथा ऋण सहकारी संस्थाले बनेपाको संस्थामा आबद्ध रहेका जेष्ठ सदस्यहकरुको जन्मदिनमा जन्मोत्सव मनाउने गरेको छ । आइतबार ९ जना जेष्ठ सदस्यहरुलाई दोशल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाका संस्थापक एवं जेष्ठ नागरिक उपसमिति कार्यक्रम संयोजक मणिराज श्रेष्ठको सभापतित्व तथा सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समनवय समिति काभे्रका संयोजक रमेश प्रसाद न्यौपानेको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवनमा आर्थिक समृद्वि ल्याउने, सामाजिक जागरण, सामाजिक भेदभावको अन्त्य, आर्थिक, सामजिक साँस्कृतिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने सवालमा सक्षम साकोसले इँटा थप्न सकेको बताउनुभयो । कार्यक्रमको बारेमा थप प्रष्ट पार्दै जेष्ठ नागरिकहरुको जन्मोत्सव मनाएर सम्मान गरिनु भावी पुस्ताको लागि एक खालको राम्रो सकारात्मक सन्देश भएको उल्लेख गर्दै सक्षम साकोसले उदाहरणीय कार्य गरेको तर्क प्रमुख अतिथि न्यौपानेले गर्नुभयो । संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले सक्षम साकोसले शेयर सदस्यहरुको जीवनमा हाँसो र खुसी ल्याउन निरन्तर लागि परेको बताउनुभयो । आइसीडी नेपालका अध्यक्ष श्याम तिमल्सिनाले आगामि दिनमा सक्षम सकोसका सदस्यहरुको सुगर पे्रसर परिक्षणमा साहयता पु¥याउने बताउनुभयो । प्रबन्धक पार्वती थापाले सहजीकरण गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन रजनी खड्काले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भवानी जोशीले गर्नुभएको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्