IMG-LOGO

दुना, टपरी बनाउन आधुनिक प्रविधीको प्रयोग

 मंगल, असार २६, २०८०  ---

    भकुण्डे ÷ घरायसी प्रयोजनको लागि बनाउदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यवसायिक’ बनाउन नमोबुद्ध नगरपाालिकाले तालिम सञ्चालन गरेको छ ।

    सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख  तारादेवी सुनुवारले जानकारी दिइन् ।

    तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रमुख प्रशिक्षक कमला सुवेदी लगायतले स्थानीय स्तरमा पाइने सामाग्री र प्रविधीको प्रयोग गरेर व्यवसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गरे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्