तेमाल गाउँपालिका वडा नं ९ ले नाक, कान, घाँटी र मुख सम्बन्धी अभिमुखिकरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । तेमाल गाउँपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ८५ जनाको दाँत सम्बन्धी परिक्षण भएको स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले जानकारी दिए । कार्यक्रममा दाँत निकाल्ने, नाक, कान, घाँटीको समेत परिक्षण भएको थियो । समस्या देखिएकाहरुको थप उपचारको लागि मेथिन्कोट अस्पतालमा रिफर गरिएको बताइएको छ । परीक्षणको लागि मेथिन्कोट अस्पतालबाट अर्थापोडिक सर्जन तथा नसर्ने रोगको फोकल पर्सन डा. आनन्द मणि उपाध्याय, कन्सल्टेन्ट प्रोस्योडेन्टिस्ट डा. प्रतिष्ठा घिमिरे डा. अनुजा कारंजीत, डेन्टल सर्जन डा. रोना लामिछानेको टोलीले कार्यक्रममा स्वास्थ्य सेवामा सहयोग पु¥याउनु भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दलमान थोकर, वडा नं ९ का अध्यक्ष चन्द्रबहादुर लामा, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
