IMG-LOGO

चौरीदेउरालीका कृषकहरुलाई ट्याक्टर वितरण

 मंगल, असार २६, २०८०  ---

 

    चौरीदेउराली गाउँपालिकाले गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषि सामग्रीहरु वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रेणुका चांैलागाई र उपाध्यक्ष शेरबहादुर तामाङले  कृषि यन्त्र  लगायतको समाग्री  कृषकहरुलाई वितरण गरेका हुन् । गाउँपालिकाका विभिन्न वडाका किसानहरुलाई मिनिटिलर ५५ वटा र मकै छोडाउने मेसिन १९ वटा वितरण गरिएको थियो । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्न गाउँपालिकाको विभिन्न योजनामध्ये मिनिटिलर र मकै छोडाउने मेसिन वितरण कार्यक्रम रहेको अध्यक्ष चांैलागाईले  बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष तामाङले आगामी आर्थिक वर्षमा कृषि श्रमलाई सबैले सम्मान गर्नुपर्ने, कृषकहरुसँग गरेको प्रतिबद्धता पूरा गनुपर्ने तर्क उपाध्यक्ष तामाङले गर्नुभयो । गाउँपालिकामा रहेका कृषक समूह, सहकारी र फर्महरलाई निवेदन माग गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नं २ का वडा अध्यक्ष छत्रबहादुर प्रधान, वडा नं ३ का वडा अध्यक्ष चित्र प्रसाद चौंलागाई वडा नं ४ का वडा अध्यक्ष रामप्रसाद चौंलागाई, वडा नं ५ का वडा अध्यक्ष कृष्णप्रसाद गौतम,  र वडा नं ६ का वडा अध्यक्ष किशोर राज गिरी, किसान, स्थानीय बुद्धिजीवी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्