IMG-LOGO

महिला सिप विकास तालिम

 मंगल, असार २६, २०८०  ---

 

    सिप विकास गरी महिलाहरुको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले सञ्चालित महिलाहरुको सिप विकास तालिम शुक्रबार सम्पन्न भयो । बनेपा नगरपालिका प्रमुख शान्ती रत्न शाक्यको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा उप–प्रमुख  विमला सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नं. ७ वडा अध्यक्ष हिट्लर शाक्य, सदस्यहरु रामेश्वरी मानन्धर, सोनी बज्र्राचार्य, रामप्यारी श्रेष्ठ र दुर्गा परियारेको आतिथ्यता रहेको थियो । कार ड्राइभिङ, व्यागको लेडिज डिजाइनर र सिन्के धुप बनाउने तालिम वडा नं. ७ का ६० जना महिलाहरुलाई १ हप्ता, १५ दिन र ३० दिने तालिम प्रदान गरेको कुरा कार्यक्रम संयोजक रामेश्वरी मानन्धरले काभ्रेटाइम्सलाई बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्