बनेपा नगरपालिका वडा नं ६ र ११ को आयोजनामा मानसिक स्वास्थ्य विषयक सचेतना तथा प्रमाण पत्र वितरण कार्यक्रम सोमबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगरपालिकका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आत्थ्यितामा सम्पन्न भएको कार्यक्रममा पताञ्जलि योग समितिका केन्द्रिय सदस्य ग्रोवीन तौजलेले मानसिक श्वास्थ्य सम्बन्धि प्रशिक्षण दिनुभयो । उक्त अवसरमा बनेपा नगरपालिका वडा नं. ६ बाट सिप विकास तथा क्षमता अभिवृद्घि तालिमम सहभागि २५ जनालाई वडाध्यक्ष सचितानन्द केसीले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने वडा नं ११ बाट साबुन बनाउने तालिम लिएका २५ जनालाई वडाध्यक्ष शिवकुमार थापाले े प्रमाणपत्र वितरण गर्नुभएको थियो ।महिला सरोकार समूहकि अध्यक्ष शोभा नकर्मिको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, बनेपा वडा नं ८ कि वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर । जनप्रतिनिधिहरु, बहुसरोकार मञ्चकि संयोजक निर्मला श्रेष्ठ साइकोसोसियल काउन्सिलर प्रमिला बजगाई लगायतको उपस्थिति रहेको थियो । महिला सरोकार समूहको समन्वयमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समूहकि सचिव सम्झना खतिवडाले गर्नुभएको थियो ।
