दिगो तथा सम्मानित रोजगारकिा लागी सिप परियोजना भ्लकगचभ, धयचप ँगचतजभच त्चबष्लष्लन अन्तरगत प्बतजmबलमग क्ष्लकतष्तगतभ या ज्यकउष्तबष्तिथ ःबलबनझभलत द्वारा १६ घण्टाको ज्यगकपभभउभच बलम धबष्तभच र धबष्तचभकक तालिमको समापन कार्यक्रम तथा प्रमाणपत्र वितरण कार्यक्रम धुलिखेल स्थित ःयगलत एचष्लअभककभक ज्यतभ िमा अर्जुन सापकोटाको सभापतित्वमा सम्पन्न भयो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । जिल्ला समन्वय समिति काभे्रका दिपक गौतम, धुलिखेल न.पा उपप्रमुख निराजन जंगम, नेपाली कांगे्रस काभे्र जिल्ला सहसचिव समिर ब्याञ्जु श्रेष्ठ पुर्व पे्रस युनियन का केन्द्रिय उपाध्यक्ष तथा काभे्र पत्रकार महासंघका पुर्व अध्यक्ष ईश्वरी ओझा , सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्र संयोजक रमेश प्रसाद न्यौपाने , काभे्र उद्योग वाणिज्य संघ का उपाध्यक्ष कैलाश पलाञ्चोकेको सहभागिता रहेको थियो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो , पढाइको ज्ञानले मात्र रोजगारी प्राप्त गर्न नसकिने, सिप सहितको व्यवहारिक ज्ञानले जीवनको यात्रालाई गन्तव्यमा पु¥याउन सकिने बताउनुभयो । प्रमुख अतिथि लम्साललले देशमा उत्पादन प्राविधिक जनशक्तिको सहि सदुपयोग गर्ने, विदेश गएका नेपालीलाई उनीहरुको श्रम र सिपलाई देशमा प्रयोग गर्ने नीति अबलम्बन गरेर ऐन निर्माण गर्ने तयारीमा श्रम, रोजगार तथा यातायात मन्त्रालय प्रतिवद्घ रहेको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक गौतमले संघ, प्रदेश र स्थानिय सरकारले उद्योग धन्दाको सम्भाब्यता अध्यन गरी सम्भावना भएका क्षेत्रलाई औधोगिकग्राम निर्माण गरी रोजगारीको श्रृजना गर्ने र युवा जनशक्तिलाई देशमा नै रोक्ने अवस्था श्रृजना गर्नु पर्ने धारणा राख्नुभयो । सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्रका संयोजक रमेशप्रसाद न्यौपानेले संघ प्रदेश, र स्थानीय सरकारले भौतिक पूर्वाधारको विकासलाई मात्र जोड नदिई रोजगारी श्रृजना गर्ने ,दिगो लक्ष्य प्राप्तिका लागि योजना कार्यन्वयन गरी यात्रालाई पुरा गर्नु पर्ने बताउनुभयो । मुलुकको विकास र समृद्धिको गन्तव्य पूरा हुन युवा दक्ष जनशक्तिको उपयोग गर्न सक्नुपर्ने तर्क समुदायिक रेडियो जिल्ला समन्वय समितिका संयोजक न्यौपानेले गर्नुभयो ।
