पनौती नगरपालिकाको दिगो बिकासको आधार,
गतिशिल अर्थतन्त्र र पूर्वाधारलाई सार्थक बनाउने
सैंबधानिक व्यवस्था अनुसार स्थानीय सरकारले निति कार्यक्रम र बजेट हरेक बर्षको असार १० गते भित्र ल्याइसक्नुु भएता पनि पनौती नगरपालिकाले समय सिमा भित्र बजेट ल्याउन सकेन नेकपा एमालेबाट निर्वाचि जनप्रतिनिधि र कांगे्रसबाट निर्वाचित जनप्रतिनिधि बीच टसल हुँदा गत असार १० गते नीति कार्यक्रम बजेट आउन सकेको थिएन । गत असार १० गते जनप्रतिनिधिहरुको उपस्थिति मात्र भएको थियो नगर सभा सुरुवात हँुन सकेको थिएन पनौति नगरपालिकाको १३ औं नगरसभा तथा दोश्रो बैठक हिजो नगरप्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न भयो । पनौति नगरको दिगो बिकासको आधार, गतिशिल अर्थतन्त्र, प्रविधि र पूर्वाधारलाई सार्थक बनाउने नीति कार्यक्रम सहित लक्ष्य निर्धारण गरेको छ । आ.व २०८०÷८१ को १ अर्ब ५० करोड बजेट ल्याइएको छ । आन्तरिक आय श्रोत ४० करोड ७१ लाख ८८ हजार रहेको छ । संघ संस्थाहरुसँग समन्वय गरेर आर्थिक सम्मेलन गर्ने, भूमिहिनलाई भूमि प्रदान, पर्यटन गुरुयोजना अनुरुप पर्यटनको विकास, छोरी बुहारी छात्रवृत्ति प्रदान कार्यक्रम, सामूदायिक विद्यालयमा इलाइबे्ररीको प्रबन्ध गरिने । सुशासन तथा संस्थागत विकास नीति अघि सरेको छ । सुशासन तथा संस्थागत विकास नीति अघि सरेको छ । एक नगर एक प्राविधिक शिक्षालय, पनौतिको कला, संस्कृती सम्पदा कृषि पर्यटन लगायतका विषयहरु समेटेर स्थानीय पाठ्यक्रमको सहजीकरण, युवा खेलकुद क्षेत्रको स्तरीय विकास, नागरिकहरुको आधारभूत स्वास्थ्यको पहूँच विस्तार गर्ने, कृषि क्षेत्रको आधुनिक विकास गरी ग्रामिण अर्थतन्त्र बलियो बनाउन लागि पर्ने लगायतको नीति अवलम्वन गरेको छ । महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको वृहत्तर हितमा कार्य गर्ने नीति आख्तिियार गरेको छ । नगर उप–प्रमुख गिता बञ्जाराले आगामी वर्षको आ.व २०८०÷८१ मा पनौती कर तथा दस्तुर लगाउने अर्थ विद्ययेक वडा अध्यक्ष पुरुषेतम अधिकारी, बजेट बाँडफाँडको बारेमा वडा अध्यक्ष दिपेन्द्र लामा, आ.व २०७९÷२०८० को वार्षिक प्रगति प्रतिवेदन पेश वडा अध्यक्ष जयराम केसी, लेखा समिति गठन तथा सञ्चालन कार्यविधि २०८० स्वीकृत सम्बन्धी प्रस्ताब पेश वडा अध्यक्ष शहकुल हुमगाई, न्यायिक समितिको प्रतिवेदन पेश कार्यपालिका सदस्य सम्बन्धि प्रस्ताब पेश, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, साविक कर्मचारी दरबन्दी र वार्षिक तलब प्रतिबेदन सम्बन्धी प्रस्ताब पेश, कार्यपालिका सदस्य अर्जुन घर्ती । आ.व २०७९÷०८० विपद व्यवस्थापनको समितिको प्रतिवेदन प्रस्ताव पेश अध्यक्ष भिमप्रसाद आचार्य, आ.व.२०७९÷०८० को आम्दानी खर्च धूक्तनी अनुमोदन प्रस्ताव पेश वडा अध्यक्ष वेदप्रसाद बञ्जारा, योजना अनुगमन तथा फरकफरक समितिको प्रतिवेदन पेश वडा अध्यक्ष जयकुमार तामाङ, वैकल्पीक सडक ठेक्का शुल्क दस्तुर वापत प्रस्ताव पेश वडा अध्यक्ष सविन ताम्राकार, धन्यवाद प्रस्ताव पेश कार्यपालिका सदस्य सुनमाया श्रेष्ठले प्रस्तवले पेश गर्नुभएको थियो । प्रमुख प्रसासकीय अधिकृत प्रणराज न्यौपानेले नगरसभाले बजेट पास गरे सँगै विकासले गति लिने बताउनुभयो ।
