IMG-LOGO

सञ्चारकर्मी बजगाईको जन्मदिन सेवा घरमा

 मंगल, असार १९, २०८०  ---

     बनेपा, सञ्चारकर्मी नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल-१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर हिजो आफ्नो जन्मदिन मनाउनु भएको हो । नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो ।

     उहाँले सेवा घरका अभियान्ता अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गर्नुभएको थियो । सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताउनुभयो । कार्यक्रममा धुलिखेल-१२, का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको आतिथ्यता मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी गराउनुभयो । मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउने गर्नु भएको छ । यो सेवा घरमा अहिले ७० जना असहायहरु रहेका छन् ।n

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्