IMG-LOGO

तेमाल गाउँपालिकाको बजेट ५० करोड ९० हजार

 मंगल, असार १९, २०८०  ---

     तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । विहिबार पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङको प्रमुख आतित्थ्यता सम्पन्न गरेको छ ।   गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको सभाध्यक्षतामा उपाध्यक्ष दलमान थोकरले १३ गाउँ अधिवेशन मार्फत ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैंयाको बजेट सार्वजनिक गर्नुभएको हो । बजेट गाउँसभाले सर्वसम्मत पारित गरेकोे छ । बजेटमा संघीय सरकार सर्शत अनुदान २१ करोड ७१ लाख , प्रदेश सरकार सर्शत अनुदान २ करोड २१ लाख ८६ हजार , संघीय सरकार  समानिकरण  अनुदान  ९ करोड ४ लाख , प्रदेश सरकार सरकार  समानिकरण  अनुदान  ८६ लाख ६४ हजार रहेको छ । त्यसैगरी संघीय सरकार राजश्व बाँडफँड प्राप्त रकम ८ करोड ११ लाख ७६ हजार, संघीय सरकारको राजश्व बाँडफँडबाट २ करोड ९८ लाख ६४ हजार ६५२, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विषेश अनुदान ५० लाख , प्रदेश सरकार विषेश अनुदान ९ करोड र आन्तरिक आय २ करोड अनुमान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक खर्च तर्फ ७ करोड ९३ लाख ४ हजार ६५२ विनियोजन गरेको छ । शिक्षा तर्फ ८० लाख, स्वाथ्य तर्फ १ करोड, विपद् व्यवस्थापन तर्फ   ९८ लाख , प्रकोप कोष ९३ लाख, लैगिंक समानता तथा समावेशिकरण तर्फ २५ लाख, न्यायिक समिति तर्फ १० लाख राजस्व फिर्ता रकम ४० लाख, प्राविधिक शाखा ५ लाख, वडा नं ५ को कार्यलय निर्माणको लागि ९५ लाख ,वडा नं २ कार्यलय निर्माणको लागी ८ लाख, जेसिवि खरिदका ५० लाख विनियोजन गरेको छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्