IMG-LOGO

पंतजली योग समितिले मनायो गुरु पूणर्िमा

 मंगल, असार १९, २०८०  ---

 

     बनेपा । पंतजली योग समिति काभ्रे बनेपाले योग भवनको दिव्य भवनमा भव्य रुपमा गुरुपूणर्िमा मनाइएको छ । स्वामी रामदेव र आचार्य बालकृष्णको तश्विरमा माल्यार्पण गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले योगको माध्यमबाट समाजमा सकारात्मक सन्देश गईरहेको र स्वस्थ जीवन र स्वस्थ समाजको लागि योग साधना अपरिहार्य रहेको बताउनुभयो । सयौँजना योग साधक साधिका उपस्थिति रहेको उक्त कार्यक्रमको सभापति पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष प्रकाश कायष्ठले गर्नुभएको थियो भने स्वागत भाषण महिला अध्यक्ष अनु श्रेष्ठ र उदेघोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

     यसै विच दोलालघाट योग साधनाको प्रथम बार्षिक उत्सव पनि भव्यताका साथ मनाईएको छ । प्रमुख अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजले रहनुभएको कार्यक्रममा पंतजली बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, का.वा. अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, बनेपा नगर संयोजक मनिषा बडालले मन्तव्य राख्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्