नेपाल तरुण दलको केन्द्रिय सदस्य, सुधीर बैधको समुहले बनेपा नगरपालिका वडा नं. ५, ७, ८ र ९ का विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । असार १५ अर्थात दहि चिउरा खाने दिनको अवसर पारेर विपन्न परिवारहरुका सदस्यहरु लाई दहि चिउराको साथै खाद्यान्न सहयोग गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । रोगि, दीनदुखी, असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका बैध सशक्त युवा हुन् । केन्द्रिय सदस्यमा मनोनित बैधले सामजिक कार्यमा तिब्रता दिएका छन् । समाजमा केही गर्नु पर्छ भने उद्देशले हरेक वर्ष समाजको विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आएको बैधले बताए ।
विपन्न परिवारहरुलाई चामल, चिउरा, दहि लगायत खाद्यान्न सामाग्री वितरण गरिएको थियो । करीव ३५ परिवारलाई उक्त खाद्यान्न सामाग्री वितरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा वडा नं. ८ का सभापति बुद्धशरण मानन्धर, नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजित, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रे बनेपा नगर सभापति संगम थापा, नेपाल तरुण दल बनेपा नगर सभापति विवेक बैजु, नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति सदस्य शिवहरि दाहाल, नेपाल तरुण दल बनेपा ७ का वडा सभापति रमेश मानन्धर, वडा नं. ८ का सभापति बिश्व मानन्धर लगायतको सहभागीता रहेको थियो ।
