धुलिखेल, सामुदायिक विद्यालय मध्येकै देशको नमुना विद्यालय सञ्जीवनी नमुना माध्यामिक विद्यालयमा अध्ययन गरेका क्।ी।ऋ २०५३ समूहका विद्यार्थीहरु सामाजिक कार्यमा सक्रिय भएका छन् । क्।ी।ऋ २०५३ समूहका विद्यार्थीहरुको आर्थिक सहयोगमा ८४ वटा फुलको गमला सहित विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकाललाई समूहका सदस्य श्रीओम व्यञ्जुले हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालयका पूर्व प्रधानाध्यापक बेदप्रसाद कोजुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका पूर्व प्र.अ सानुकाजी महत, सहायक प्र.अ देवी प्रसाद ढुङगाना लगायतको आतित्थ्यता रहेको थियो । उक्त क्।ी।ऋ २०५३ समूहका सहयोगी भूमिका खेल्ने शसक्त सदस्य द्घय जयश्री श्रेष्ठ र रोजना श्रेष्ठलाई सम्मान गरिएको क्षेत्रमान व्यञ्जुले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद व्यञ्जुले पुराना मित्रहरुको भेट जति भेट्यो उती नै भेटौं भेटौं लाग्छ भन्दै उदाहरण प्रस्तुत गर्दै पुरानो काठ पुरानो पुस्ताका पुराना मित्रहरु निक्कै उपलब्धीमुलक र अमुल्य हुने कुरा बताउनुभयो । उक्र समूहले यसअघि आर्थिक अवस्था कम्जोर भएका रामबहादुर परियारलाई ५० हजार , विद्यालयका पूर्व शिक्षक विष्णु जैशीको छोरालाई उच्च शिक्षा अध्यन गर्न ५० हजार र मेलम्चीमा गएको बाढी पहिरोमा घर क्षति भएकोमा रित्मा ध्वजुलाई १ लाख ७९ हजार रकम आर्थिक सहयोग उपलब्ध गराएको समूहका सदस्य सृजनी मकाजुले जानकारी दिनुभयो ।
