बनेपा न.पा. वडा नं १३ साँगा बसिंखेलमा निर्मित सामुदायिक साँगा फुटसल बनेपा न .पा. मेयर शान्ति रत्न शाक्य र उप मेयर विमला सापकोटा ज्यु बाट संयुक्त रूपमा समुघाटन गर्नु भएको छ । फुटसल निर्माण समितिका अध्यक्ष प्रदीप चन्द्र जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि मेयर शान्ति रत्न शाक्यले बनेपा नगरमा फुटबलको ठुलो मैदान बनाउन नसकिए पनि यो फुटसल निर्माणले फुटबल खेलमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । उप प्रमुख विमला सापकोटाले फुटबल प्रेमी युवाहरूको चाहना पुरा गर्न संलग्न फुटसल निर्माण टिमलाई नगर र आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नगरको बजेट ૪५ लाख प्राप्त भएको छ भने फुटसल निर्माणमा ६० लाख खर्च भएको समितिले जनाएको छ । आवश्यक पूर्वाधारहरू शौचालय , लुगा फेर्ने कोठा र कार्यालय भवन बनाउन सकिरहेको छैन । त्यसको लागि दातृ निकायबाट सहयोगको अपेक्षा गर्दै वडा मार्फत सम्बन्धित निकायमाहरु पहल गरी दिन साँगा फुटसल समितिले सबैमा हार्दिक आग्रह गरेको छ । फुटसल समितिका सदस्य विश्व मानन्धरले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । स्थानीय पदाधिकारी, अतिथिहरूले कार्यक्रम सफलता र फुटबल खेल प्रेमीहरूको लागी फुटसल मनोरञ्जनको खेल भएको नव युवाहरूको चाहना पुरा हुने धारणा व्यक्त गरेका छन् । कार्यक्रमका सभापति प्रदीप चन्द्र जोशीले साँगामा ठुलो फुटबल मैदान बनाउने सपना पुरा नभए पनि फुटसल निर्माणबाट फुटबल प्रेमी साथीहरूको एउटा इच्छालाई पुरा गर्न सफल भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन समितिका सचिव निल कमल नापितले गरेका थिए ।
उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श
२०८० को एसईई परिक्षा दिइ बसेका विद्यार्थीहरुको लागि उच्च शिक्षा अध्ययन र व्यक्तित्व विकास भोलिको भविष्यको गन्तव्य निर्धारण गर्न सहजता प्रदान गर्ने उद्देश्यका साथ सिद्घार्थ माध्यामिक विद्यालय बनेपाको आयोजनामा एक दिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा सेवी द्घय डा. चन्द्र प्रसाद लुइटेल र भिमसेन केसीले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । एसईई २०७९ की छात्रा आस्ना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्याब्सन काभे्रका अध्यक्ष श्याम भुजेल, हिमालय ह्वाइट हाउस इन्टरनेश्नल कलेज काठमाण्डौका प्रमुख प्रसासकिय अधिकृत नारायण आचार्य, प्याब्सन केन्द्रका सचिव हिरा शर्मा नेपाल, सिद्घार्थ क्याम्पसका प्रिन्सिपल पुकार कारञ्जीत, सिद्घार्थ एकेडेमीका प्रिन्सिपल गुञ्जन प्रसाद लुइटेल, नाइटीङ्गेल एकेडेमीका अध्यक्ष रत्नकुश रञ्जीत, प्याब्सन बनेपा नगरसमितिका कुमार मानन्धर, डा. भुमन भण्डारी, शिक्षक सन्तोष घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । ४ सय ६८ विद्यार्थी सहभागी रहेको उक्त शैक्षिक परामर्श कार्यक्रममा नयाँ पुस्ताले हरेक क्षेत्रमा नेतृत्व, व्यक्तित्व विकासमा राम्रो दख्खल प्राप्त गरि देशको सर्वाङ्गिण विकासमा योगदान दिने सक्षम जनशक्ति उत्पादन हुनुपर्ने तर्क प्रशिक्षकहरुको निश्कर्ष रहेको थियो । कार्यक्रमको सञ्चालन सुधिर न्यौपानेले गर्नुभएको थियो ।
