नाल्दुम नगरकोट लिफ्टिङ खानेपानी आयोजना र जीणर्द्घार मनमति मन्दिरको पुनःनिर्माणको सन्दर्भमा समाजिक सञ्जालमा केहि व्यक्तिहरुले भ्रमपूणर् प्रचार गरेको भन्दै मण्डनदेउपुर नगरपालिकाले ध्यानाकार्षण गराई विहिबार पत्रकार सम्मेलन गरेको छ । नगरप्रमुख टोकबहादुर वाईवाले सञ्चारकर्मीसँग नगरपालिकाको विषयमा हुँदै नभएको गलत प्रचार सामाजिक सञ्जालमा रोइलो मच्याएको प्रति नगरपालिकाको गम्भीर ध्यानाकार्षण भएको बताउनुभएको छ । नाल्दुम नगरकोट लिफ्टिङ खानेपानी आयोजना नगरपालिकाको वडा नं १ र २ को माथिल्लो भेग र नगरकोटका होटल व्यवसायहरुको खानेपानी अभावलाई पुर्ति गर्ने उद्देश्यले २०७७/७८ को नगरसभाले स्वीकृत गरी बागमती प्रदेश सरकारसँग योजना माग गरेर सम्झौता गरी कार्यान्वयन चरणमा अघि बढेको उल्लेख गर्नुभयो । उक्त आयोजना २ वर्षमा सम्पन्न हुने, ३ सय ८६ घर धुरी र ८० वटा होटलले खानेपानीको उपभोग गर्न पुग्ने प्रवन्ध मिलाएको नगर उप प्रमुख विष्णुमणी नेपालले बताउनुभयो । मण्डनदेउपुर नगरभित्रको खेतियोग्य जमिनको सिंचाईलाई असर गर्ने र चाँगुनारायण नगरपालिकालाई पिउने पानी पठाउने भन्ने जस्ता गलत प्रचार समाजिक सञ्जालबाट गरेकोमा नगरपालिकाले ध्यानाकार्षण गरेको छ । उक्त पत्रकार सम्मेलनमा नगरप्रमुख वाइवाले जानकारी गराउनुभएको हो । उक्त पत्रकार सम्मेलनमा नेकपा माआवादी मण्डनदेउपुर नगर समिति , नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी मण्डनदेउपुरका पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नाल्दुम नगरकोट लिफ्टिङ खानेपानी सम्बन्धमा मण्डनदेउपुर नगरपालिका वडा न. १ र २ को माथिल्लो भेग र नगरकोटका होटल व्यवसायहरुले झेल्दै आएको खानेपानीको अभावलाई पुर्ती गर्ने उद्देश्यले २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु आ.व. ०७७/०७८ को नगर कार्यपालिका तथा नगर सभाबाट स्वीकृतगरी बागमती प्रदेश सरकारसँग योजना माग गरी डि.पि.आर र डि.पि.आर बमोजिमको रकम स्वीकृत भई आ.व. ०७९/०८० मा बानेश्वरसँग सार्वजनिक खरिद ऐन बमोजिम योजना कार्यन्वयनको क्रममा कूल लागत रु. २७,३५,६४,९०२.१३/- (अक्षेरुपी सताईस करोड पैतिस लाख चौसठ्ठी हजार नौ सय दुई रुपैया तेह्र पैसा मात्र) मध्ये १६,४८,३४,२९२.३६/- (अक्षेरुपी सोह्र करोड अठचालिस लाख चौतिस हजार दुई सय व्यानव्य रुपैया छतिस पैसा मात्र) मा नेपाल सरकारको नियम अनुसार योजना सम्झौता भई सुरुवात रहँदा सामाजिक सञ्जालहरुमा मण्डनदेउपुर नगर भित्रका खेती योग्य जमिनलाई असर पर्ने र चाँगुनारायण नगरपालिकालाई पिउने पानी पठाउने भन्ने कुरालाई उल्लेख गरी अनर्गल प्रचार गरेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण गरेको कुरा पत्रकार सम्मलेलनमा जानकारी गराइएको थियो । मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा रहेको जीणर्द्वार मनमति देविको मन्दिर पुनः निर्माण गर्ने कार्यमा निर्माणाधिन प्रशासनिक भवन आसपासमा रहेका स्थानीयबासी र नगरपालिकाको बिचमा निम्न सहमति भई निर्माण कार्य तत्काल गर्न सहमति भएको जनाइएको छ । प्राविधिकको लागत स्टमेटमा भूकम्प प्रतिरोधात्मक नयाँ मन्दिर निर्माण गर्ने । मन्दिर रहने स्थानको जग्गा पहिला ०-११-३-० भएकोमा नगरपालिकाको बैठकले समुदायको माग बमोजिम यस नरपालिकाको नाममा रहेको ०-८-१-० जग्गा थपगरी जम्मा १-४-०-० जग्गा मन्दिर संरक्षण समितिले मन्दिरले संरक्षण गर्ने गरी निणर्य गरीएको ।
सो मन्दिर मर्मत सम्भारका लागि प्रत्येक वर्ष रु. १,५०,०००/- (अक्षेरुपी एक लाख पचास हजार मात्र) उपलब्ध गराउने सहमति अनुसार चालु आ.व.को रकम मन्दिर संरक्षण समितिले बुझिलिएको → सो मन्दिरमा आउने श्रद्धालु भक्तजन बस्ने सतल निर्माण गर्ने । श्रद्धालु भक्तजनका लागि महिला र पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण गर्ने , श्रद्धालु भक्तजनका लागि खानेपानीको धारा निर्माण गर्ने ,मन्दिरमा शैर्यसोलार बत्ती जडान गर्ने , सो विषयमा सहमति भई हिन्दु धर्मको परम्परा अनुसार पण्डितद्वारा क्षमापुजा गरी प्राङ्गण निमाणर् गर्ने सहमति भएकोमा पुनः सो विषयमाथि २०८० असार १४ गते नगर प्रमुख टोक बहादुर वाइबाको अध्यक्षतामा स्थानीय राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा नगरपालिकामा बैठक बसि राय लिइ नगरपालिकाले गरेको निणर्यहरुमा सहजीकरण तथा सहयोगका साथ अघि बढ्ने सहमती भएको हुँदा सामाजिक सञ्जाल मार्फत फैलाइएका गलत प्रचारको पछि नलाग्नुहुन सम्पूणर् नगरबासी तथा शुभेच्छुकहरुमा मण्डनदेउपुर नगरपालिका हार्दिक अनुरोध गर्दछ भनि नगरप्रमुख टोकबहादुर वाइवाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
