IMG-LOGO

सहकारीकर्मी रमेशकाजी सम्मानित

 मंगल, असार १९, २०८०  ---

     भक्तपुर ः कैलाशभक्त प्रधानाङ्ग सहकारी विषेश पुरस्कारबाट सहकारीकार्मी रमेशकाजी श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानका गुरुको उपमा पाएका प्रधानाङ्गको ८५ औं जन्मदिनको अवसरमा श्रेष्ठलाई ५५ हजार ५५५ राशीको पुरस्कार प्रदान गर्दै सम्मान गरिएको हो । पूर्व संघीय सांसद घनश्याम खतिवडाले सक्षम बचत तथा ऋण सहकारी संस्था बनेपाका संचालक समितिका अध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रसंसापत्रसहित पुरस्कार प्रदान गरे । त्यसैगरी विनोद कुमार शाह स्मृति पुरस्कार नारी सेवा साकोसकी अध्यक्ष सहना पसखललाई प्रदान गरिएको छ । असल व्यवस्थापक पुरस्कार अग्रज महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक तुलसा खड्कालाई प्रदान गरिएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्