शनिबार राष्ट्रिय सहकारी महासंघ लि.ले आयोजना गरेको १०१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ लि काभे्रपलाञ्चोक ७७ जिल्लामध्ये उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा पुरस्कृत भएको छ । संघिय संसदका सभामुख देवराज घिमिरेको हातबाट जिल्ला सहकारी संघकाच अध्यक्ष दिलिप शर्मालाई उक्त पुरस्कार र सम्मान प्राप्त भएको हो । १४९५ वटा सहकारी संस्थाहरु रहेको यस जिल्लामा सहकारीको क्षेत्रमा संस्थाहरुको वृद्घि विकास तथा क्षमता अभिवृद्घि, कार्य गर्दै आवस्यकताका आधारमा सहकारी संस्थाहरुका लागि व्यवसाय प्रवद्र्घन र उत्पादनमुलक कार्यका लागि ऋण लगानीका कार्यहरु समेत गर्दै आइरहेको संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो । पुरस्कारका लागि सहि मुल्याकंन गरेर यो अवस्थामा विस्वास गर्नुभएकोमा राष्ट्रिय सहकारी महासंघ प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । जिल्ला संघ काभे्रले आफ्नै सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण गरी कार्यालय समेत नयाँ भवनमा सुरु गरेको छ भने समयानुकुल नयाँ नयाँ विभिन्न खालका राष्ट्रियस्तरका कार्यक्रहरु गर्दै आइरहेको छ ।
