IMG-LOGO

थामी समुदायको मुन्दुम पुस्तक सार्वजनिक

 मंगल, असार १९, २०८०  ---

 

     दोलखा-थामी समुदायको जन्मदेखि मृत्युपर्यन्तसम्म संस्कार समेटिएको मुन्दुम पुस्तक ‘थाङ्मी कर्मकाण्ड ः सिलोके पालाखे’ हिजो सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्य गंगा कार्की, वाग्मती प्रदेशसभा सदस्यद्वय ठुला थामी र कुन्दनराज काफ्ले, नेपाल थामी समाजका अध्यक्ष होमबहादुर थामीले सोमबार सिंगटीमा सार्वजनिक गरेका हुन् । किरात थामी समुदायको उत्पत्ति कालदेखि वर्तमान सामाजिक जनजीवनमा पालना गरिदै आएको संस्कार, संस्कृति, परम्परालाई लिएर यो पुस्तक प्रकाशनमा ल्याइएको हो । नेपाल थामी समाज दोलखाले प्रकाशित गरेको पुस्तक विगु गाउँपालिकाको आर्थिक सहयोग रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्