IMG-LOGO

गाडी दुर्घटनाबाट एकको मृत्यु

 मंगल, असार १२, २०८०  ---

 

      बेथान्चोकमा बोलेरो गाडी दुर्घटना हँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथान्चोक गाउँपालिका ४ पडगाउँ डाँडाका दलबहादुर तामाङको बनेपा स्थित शिर मेमोरियल हस्पिटलमा उपाचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपा काभे्रका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभएको छ । तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको बोहोराले जानकारी दिनुभएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन । घाइतेहरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपाचार भइरहेको छ । दुर्घटनामा घाइते भएका सवारी चालक श्रीराम खत्रीको दुवै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको बोहोराले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्