IMG-LOGO

पनौती उद्योग बाणिज्य संघबाट करदाता क्षमता अभिवृद्घि तालिम सम्पन्न

 मंगल, असार १२, २०८०  ---

      पनौती नगरपालिका र पनौती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा दुई दिने करदाता क्षमता अभिवृद्घि तालिम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल धितोपत्र बोर्डका सदस्य सुरकृष्ण बैद्यले उद्घाटन गरेका थिए । आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डिल्ली राज लेखकले करदाता शिक्षाले धेरैलाई करको दायरामा ल्याउन सहयोग भएको बताए । नेपालमा कबि ३ करोड जनसंख्यामा १७ लाख मात्र पानको दायरामा आउनु दुःखद भएको बताउँदै यसको बृद्दिंमा जोड दिन उद्योग वाणिज्य संघको पनि योगदान हुनुपर्ने बताए । पनौती उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुदर्शन सुबेदी, इन्दे्रश्वर क्याम्पसका उपाध्यक्ष राजेस कुमार श्रेष्ठ, संघका उपाध्यक्ष अन्जुरञ्जित के.सी  लगायतले मन्तव्य राखेका थिए । पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महिला उद्यमी मञ्च, युवा उद्यमी मञ्च, कृषि उद्यमी मञ्च, पर्यटन उद्यमी मञ्च, यातायता ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्