IMG-LOGO

जस्को उत्पादन उसैको अनुदान खानी खोला गाउँपालिकाको बजेट ५१ करोड

 मंगल, असार १२, २०८०  ---

 

      खानी खोला गाउँपालिकाले नीति कार्यक्रम बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्र बहादुर तामाङले नीति कार्यक्रम र उपाध्यक्ष दोर्जेमान जिम्बाले ५१ करोड वरावरको बजेट प्रस्तुत गर्नुभयो । कफी जस्तो उत्पादन उसैको अनुदान, कृषिहाट बजार र शिक्षा र स्वास्थ्य क्षेत्रको पहुँच विस्तार गर्ने योजना अघि सारेको छ ।

 

 

चौरीदेउराली गाउँपालिकाको नीति कार्यक्रम प्रस्तुत

      चौरी देउराली गाउँपालिकाको नीति कार्यक्रम गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले प्रस्तुत गर्नुभयो । बजेट भने असाढ १८ गते बस्ने गाउँपालिका सभाले बजेट ल्याउने कुरा उपाध्यक्ष शेरबहादुर लामाले बताउनु भयो । आइतबार सम्पन्न गाउँपालिका सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले गनुभयो ।

 

 

बेथानचोक गाउँपालिकाको र पाँचखाल नगरपालिका नीति कार्यक्रम आयो बजेट आएन

      बेथानचोक गाउँपालिकाको नीति कार्यक्रम बजेट अध्यक्ष भगवान अधिकारीले प्रस्तुत गर्नुभयो । बजेट भने आगामी बस्ने गाउँसभाले बजेट ल्याउने जनाएको छ । उपाध्यक्ष तारा राना तिमल्सिनाले चालु आर्थिक वर्षको विकास निर्माणको समिक्षा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गर्नु भएको थियो ।

      यसैगरी पाँचखाल नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख महेश खरेलले प्रस्तुत गर्नुभयो । उप-प्रमुख सूर्यमाया दनुवारले चालु आर्थिक वर्षको विकास निर्माण कार्य र वित्तीय प्रगति बारेमा बोल्नुभयो ।

      प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमले सभाको सञ्चालन गर्नुभयो । बजेट भने आगामी बस्ने नगर सभाले ल्याउने जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्