पंतजली योग समिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको लायकुमञ्चमा अन्तराष्ट्रिय योग दिवश भव्यरुपमा आयोजना गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन बाग्मती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्त्री लम्सालले पंतजली योग समिति काभ्रेपलाञ्चोकबाट विपन्न छात्राहरुलाई प्रदान गरिएको छात्रबृत्ति पनि वितरण गरिएको थियो । उक्त छात्रबृत्ति बनेपाको आजाद, चैतन्य , हिमालय, शिक्षा सदन, भक्तेश्वर, चण्डेश्वरी, महेन्द्र मा.वि. लगायतका ९ वटा विद्यालयका ९ जना छात्राले शैक्षिक सामाग्री सहितको छात्रबृत्ति प्राप्त गर्नु भएको थियो । सो अवसरमा मन्त्री लम्सालले उक्त कार्यक्रममा सहयोगीहरुलाई सम्मान पत्र र मायाँको चिनो समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष पदमा र धितोपत्र बोर्डमा संचालक हुनुभएकोमा पंतजली योग समिति बनेपाका संरक्षक सुरकृष्ण बैद्यलाई पनि सम्मान गरिएको थियो । नवौँ अन्तरष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, पंतजली योग समिति बाग्मती प्रदेशका प्रमुख एंव केन्द्रिय सदस्य ग्रुवेन तौजले, कार्यबाहक अध्यक्ष प्रकाश कायष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ लगायतले योगको माध्यमबाट समूदायमा सकारात्मक सन्देश फैलिएको र सकारात्मक सोचका साथै विभिन्न रोगहरुको निदान भएको र स्वस्थ रहनको लागि महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रमको सभापतित्व पंतजली योग समिति काभ्रेका कार्यबाहक अध्यक्ष प्रकाश कायष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन महामन्त्री द्धय मोहन कृष्ण श्रेष्ठ र कमला राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रम अगाडी योग शिविरमा सहभागी योग साधक साधिकालाई बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले योगका विभिन्न प्रोटोकलमा अभ्यास गराईएको थियो । यसै विच बनेपा नगरपालिकाको ६ नं. वडा स्थित भक्तेश्वर योग साधना केन्द्रमा १० दिने योग उपशिक्षक प्रशिक्षण प्रारम्भ भएको छ । उक्त प्रशिक्षणको उद्घाटन पंतजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रुवेन तैजलेले शुभारम्भ गर्नुभएको थियो ।
