राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले २०७२ सालमा गएको भूकम्पमा गरेका क्रियाकलापहरुको बारेमा सुझाव संकलन सम्पन्न गरेको छ । शुक्रबार र शनिबार धुलिखेल स्थित होटल सारथीमा भूकम्प पश्चात गरिएका कामहरुको बारेमा जनप्रतिनिधि, लाभग्राहि, इन्जिनियर, समाजिक परिचालक, डकर्मी लगायत उक्त समयमा खटिएका विषयगत विज्ञहरुसँग सुझाव संकलन गरिएको हो । भूकम्प पश्चात विश्व बैंकले भूकम्पिय आवास पूननिर्माणको लागि सात सय मिलियन डलर सहयोग गरेको थियो । जनावरी २०१६ बाट सुरु भएको यो परियोजना जुन २०२३मा समाप्त हुँदैछ । आवास निर्माण गर्दा देखिएका चुनौति, भूकम्प पश्चातको समग्र अवस्था, आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरु लगायतका विषयमा सबैले आ आफ्नो धारणा राखेका थिए । ७० जना सहभागी रहेको उक्त कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सह सचिव रामेश्वर मरहठ्ठा, प्रवक्ता धु्र्रव खड्का, परामर्शदाता मधुसुदन गौतम लगायतको उपस्थिति रहेको थियो ।
