IMG-LOGO

बनेपा जुनियर क्रिकेट क्लबको अध्यक्षमा निशान

 मंगल, असार १२, २०८०  ---

            काभ्रेपलान्चोक - बनेपा जुनियर क्रिकेट क्लबले २५ औं रजत जयन्तीको अवसरमा आयोजित पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बनेपाको पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा निशान कर्माचार्यको सभापतित्वमा काभ्रे फुटबल संघका कार्यवाहक अध्यक्ष महेश कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उर्जाशिल युवाहरुको पहलमा २०५५ सालमा स्थापन भएको बनेपा जुनियर क्रिकेट क्लबले तीन वटा राष्ट्रिय स्तरको क्रिकेट खेल आयोजना गर्नुको साथै स्थानीय स्तरको दुई वटा, सुभेन्द्र स्मृति क्लबको सह-आयोजकको भुमिका निर्वाह गरेको थियो । बनेपा जुनियर क्रिकेट क्लबको पुनर्गठनबाट अध्यक्ष निशान कर्माचार्य, उपाध्यक्ष प्रनय सिह मुसायजु, रोहिस कायस्थ, प्रबिन भोछिभोया सचिब सुशील श्रेष्ठ, सह-सचिब कोलित शाक्य, कोषाध्यक्ष शेसन ताम्राकार, सह-कोषाध्यक्ष कबिन शाक्य र सदस्यहरुमा रोनिश ताम्राकार, रमेश अवाल, रोबिन भोछिभोया, राजकुमार खुप्पा, सौचन तौजले, सरोज रंजितकार र रितेश कायस्थ रहेका छ्न ।

            कराते महासंघका केन्द्रिय सदस्य प्रताप बैधको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रेको क्रिकेट बिकासमा महत्त्वपूणर् योगदान पुर्याउनु हुने विजित शाक्य, अशोक रत्न शाक्य, रुपेश कायस्थ र काभ्रे खेलकुद बिकासमा योगदान दिनु भएका महेश कुमार कर्माचार्य लाई सम्मान गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्