नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । आचार्यले विगत ११ महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक नबसेको भन्दै अविलम्ब बैठक बोलाएर चुनावी समीक्षा सहित विभिन्न समसायिक विषयमा धारणा बनाउनु पर्ने माग गर्नुभएको छ । पार्टी विधानमा २-२ महिनामा हुनुपर्ने बैठक लामो समय नगरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ । अस्वभाविक चुनावी गठबन्धन भएको, प्रतिनिधिसभाको ठूलो दल हुँदाहुँदै पनि सरकार निर्माणको सन्दर्भमा सांगठनिक तथा मनोवैज्ञानिक क्षति बेहोरेको, सैद्धान्तिक वैचारिक स्खलन एवं छवि विघटनका दृष्टिले समेत निकै पीडादायी रह्यो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
