IMG-LOGO

श्रीमानको कुटाईबाट नमोबुद्वकी वडा सदस्य ज्ञानीको मृत्यु

 मंगल, असार ५, २०८०  ---

    नमोबुद्व नगरपालिका वडा नं. ११ की दलित महिला सदस्य ज्ञानी बिकको आफ्नै श्रीमानको कुटाइबाट मृत्यु भएको छ । श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरयासी झगडाको क्रममा जेठ २९ गते राती शम्भुले ज्ञानीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागी धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रिया समेत गरिएको थियो ।  ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको शव अहिले पोष्टमार्टमको तयारी भइरहेको छ । उनलाई शम्भुले गह्रौ वस्तुले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्