नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगरकमिटीको प्रथम नगर अधिवेशनले दयासागर श्रेष्ठको नेतृतवमा कमिटी निवार्चित गरेको छ । उपाध्यक्षद्धय रञ्जिता लामा, मोहन दुलाल, सचिव यादव कोइराला, उपसचिवद्धय पावर्ति थापा र भैरव बडाल लगाएत ३८ सदस्यीय कमिटी निर्वाचित गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता वागमती प्रदेश सांसद लक्ष्मण लम्सालले उद्घाटन गर्नुभयो । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक गौतम, जिल्ला अध्यक्ष बसुन्धारा हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।
