IMG-LOGO

तनाव विसर्जन कार्यशाला

 मंगल, असार ५, २०८०  ---

    काभ्रे, जिवन विज्ञान जिल्ला परिषद् काभ्रेको आयोजनामा एक दिवसीय तनाव विसर्जन कार्यशाला शनिवार, बनेपाको पार्टी भेन्युमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उद्घाटन गर्नुभयो । प्रशिक्षक रुपा विभूति र दीक्षा थापाले कार्यक्रम शुभारम्भ, गणपति मन्त्र उच्चारण गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगर प्रमुख चाइना भ्रमणमा रहनु भएको हुँदा हाल नगर प्रमुखको कार्य भार समाली रहनु भएका वडा नं ७ अध्यक्ष हिट्लर शाक्य र प्र.ना.उ. रेशम बोहरा आतिथ्यता रहेको थियो ।

    जिवन विज्ञान शिक्षक होम नाथ आचार्य र बिन्दा भट्टराई द्वारा सञ्चालन गरिएको तनाव विसर्जन कार्यशाला बिहान ८ बजे सुरु भएर बेलुकी ४ः३० समापन भएको थियो । कार्यक्रममा ९६ जनाको सहभागी थियो । कार्यक्रम शुभकामना मन्तव्यको क्रममा प्रमुख जिल्ला अधिकारीले नसर्ने ८० प्रतिशत रोगहरू योगा बिधीबाट समाधान हुने आफ्नो अनुभव रहेको बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्