IMG-LOGO

दाप्चामा बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर

 मंगल, असार ५, २०८०  ---

 

    दाप्चा÷ दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य शिविरमा ८८ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा ८८ जनाले परिक्षण गराएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले जानकारी दिए ।

    विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नविन अधिकारीले जानकारी दिए । उनका अनुसार, परिक्षण पछि समस्या देखिएकालाई थप स्वास्थ्य परिक्षण पनि निशुल्क गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्