चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । बनेपामा मुख्य कार्यालय रहेको सामुदायमा आधारित संस्थाले नालामा सेवा केन्द्र विस्तार गरेको हो । सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ संस्थाले सेवा केन्द्र विस्तार गरेको जनाएको छ । काभ्रे जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष एवं कार्यक्रममा प्रमुख अतिथि दिलिप शर्माले एक औपचारीक कार्यक्रमको उद्घाटन गरे सँगै सेवा केन्द्रको शुरुवात गरेको हो । संस्थाले ३४ औँ स्थापना दिवसको अवसर पारेर असार २ गते नाला सेवा केन्द्रको उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थित सम्पुर्णलाई संस्थाका उपाध्यक्ष रमेशकाजी श्रेष्ठले स्वागत गरेका थिए । विशेष अतिथीका रुपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष उदयराम कायष्थ रहेका कार्यक्रममा बनेपा ४ का वडाध्यक्ष श्यामशुन्दर श्रेष्ठ, नेफ्स्कुनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव बुद्धरत्न मानन्धर गरेका थिए ।
