बनेपा । लालिमा बचत तथा ऋण सहकारी संस्था.लि बनेपाको आयोजनामा विश्व रक्तदान दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेकोे छ । संस्थाका अध्यक्ष केबी मानन्धरको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा एक सय पटक रक्तदान गर्ने गणेशकुमार रञ्जीतलाई धन्यवाद ज्ञापन गरेको थियो । सहकारी संस्था र विभिन्न सामाजिक संस्थाका २५ जना सदस्यहरले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत लामलिमा साकोसले विभिन्न समयमा स्वास्थ्य शिविर , रक्तदान गर्दै आएको छ । बल्ड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) काभे्रशाखाको सहकार्य, लायन्स क्लव अफ बनेपा सिटी, बनेपा सिटी लियो र नेपाल रेडक्रस रक्त संचार सेवा बाभे्र बनेपाले प्राविधिक सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ ।
